चितवन । पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो ।
मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।
उनका अनुसार आज रातभर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । बुधबार बिहान ५ बजे सरकारी पूजासहित नियमित पूजापाठ सुरु हुने छभने बिहान १० बजे प्रसाद वितरण कार्यक्रम हुने उनले बताए ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ ।
केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिन थालेको छ ।
सम्बन्धित खबर
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्योः चालकको मृत्यु, सहचालक घाइते
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर