पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुकेशन कन्सल्टेन्सीका संचालकले सोमबार आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् ।
बराह एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालन सन्तोष कुइकेलले आफ्नै आमा विष्णु माया कुइकेलले रिबन काटेर छोराको व्यवसायको शुभारम्भ गर्दै छोराको व्यवसाय राम्रो होस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रा.लि.का अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनमा जानेलाई विश्वासिलो वातावरण तयार गर्न सके कन्टल्टेन्सी व्यवसायको भविष्य रहेको बताए ।
सो अवसरमारुपाकोट सुन चाँदी पसलका संचालक दशरथ सुनार, नगेन आर्ट एकेडेमीका नगेन सिंह ठकुरी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देवी कुइकेल, लायन्स क्लब .३२५ एमकी जोन चियर पर्सन लक्ष्मी कोइराला, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
संचालक सन्तोष कुइकेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मित्रता बहु खवुद्धिराज भट्टराईले र संचालन प्रफेक्ट प्रिन्टिङ तथा एकेडेमीका प्रबन्ध निर्देशक नविन श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी