खुमा फाउन्डेसनले विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई सम्मान गर्ने

सम्मान

खुमा फाउन्डेसनले विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई सम्मान गर्ने

संघका जिल्ला अध्यक्ष थापालाई पनि सम्मान

U-19 Syj W-T20

आईसीसी यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई खुमा अर्याल फाउन्डेसनले सम्मान गर्ने भएको छ ।

खेलकुदमा स्याङ्जाको इतिहास रचेकोकोले विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडीलाई यहि मङ्सिर ५ गते फाउन्डेसनको छैठौं स्थापना दिवसको अवसरमा प्रोत्साहन स्वरुप जनही एक लाख रुपियाँ नगदसहित सम्मान गरिने फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।

स्याङ्जाका ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदार साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई समेत सम्मान गरिने फाउन्डेसनले जनाएको छ ।

युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।

यहि सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ