पोखरा । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको छ ।
काठमाडौं महानगरपालिका वडा १४ स्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा छानबिनका लागि पूर्व गृहमन्त्री लामिछानेसहित २२ जनाविरुद्ध आइतबार पक्राउ पूर्जी जारी भएको हो ।
उक्त सहकारीको रकम पनि गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको बताइएको छ । सोको अनुसन्धानका लागि गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछाने, पूर्व संचालक पूर्व डीआइजी छविलाल जोशीसमेतलाई पक्राउ पुर्जी जारी भएको हो ।
ठिक १ महिनाअघि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । त्यसअघि नै पक्राउ परेका जोशी पनि कास्की प्रहरी हिरासतमा छन् ।
उनीहरुलाई सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछाने र जोशीलाई यसअघि बुटवलको सुप्रिमको रकम समेत अपचलन गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएपछि रुपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएर पोखरा फर्काइएको थियो ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की