काठमाडौँ — पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पताल लैजाँदै गर्दा ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनी २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि प्रतिनिधिसभामा सभामुख बनेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले लामो समय वकालत पेश अंगाले ।
ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए ।
२०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएका थिए । त्यसपछि उनी सभामुख भए । ०४८ देखि ०५१सम्म उनी सभामुख भएर काम गरे । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए ।
माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेलेका थिए । सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् ।
ढुंगानाले २०२८ सालदेखि वकालत पेशामा लागेका हुन् । ०४६ साल सम्म सक्रिय वकालतमा थिए । बहुदलीय व्यवस्थपछि पार्टी राजनीतिमा सक्रिय भए । वकालतमा आउनु अघि ढुंगाना केही समय शिक्षक समेत भएका थिए ।
नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहेपनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । यस हिसाब उनी सत्तालाई खबरदारी गरिरहने प्रतिपक्षी नेता जस्ता थिए ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो