बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यका साथ स्याङ्जामा जिल्ला बाल संजालका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले स्याङ्जा जिल्ला बाल संजालका पदाधिकारी र सदस्यहरुलाई बाल अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा बालअधिकार र सामाजिक सञ्जालको प्रयोगबारे कार्यालयका प्रमुख जीवन पौडेल, उद्घोषण र भाषण कलाबारे रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गोदार, अध्ययन कला र परिक्षा तयारी सम्बन्धमा शिक्षक कृष्ण पौडेल तथा बालसञ्जालले गर्न सक्ने असल कामको बारेमा गण्डकी प्रदेश बाल सञ्जालका पूर्व अध्यक्ष सुदिप पौडेलले सहजिकरण गरेका थिए ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख पौडेलले तालिममा सिकेका कुराहरु आफ्नो स्थानीय तहका विद्यालयका साथीहरुमा ज्ञान बाँड्ने र बाल सञ्जाललाई ११ वटै स्थानीय तह साथै विद्यालयमा प्रभावकारी ढंगबाट विस्तार र कामहरु गर्नेमा जोड दिए ।
कार्यालय प्रमुख पौडेलले बालबालिका लागि भएका यस्ता कार्यक्रमले बालबालिकमा उत्प्रेरणा अभिवृद्धि भई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा उनिहरुको सहभागीता बृद्धि हुनुको साथै बालअधिकार र कर्तव्यबारे जानकारी लिन सजिलो हुने बताए ।
जिल्ला बाल अधिकार समिति स्याङ्जाका अध्यक्ष विज्ञान भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालबालिका सांस्कृतिक साँझ कार्यक्रम गरी बालबालिकको प्रतिभा प्रस्तुत गरिएको थियो ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो