नेपालले फिफा विन्डोअन्तर्गत खेलिएको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानलाई २-० गोलले पराजित गरेको छ ।
पहिलो हाफमा बराबरी टुंगिएको थियो । दोस्रो हाफको एक मिनेट नबित्दै जिलेस्पीजँग कार्कीले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल ७८औँ मिनेटमा रोहित चन्दले गरेका थिए ।
अफगानी टिमले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो । नेपालले कमै अवसर पाएको थियो । तर पाएका दुई अवसरलाई सदुपयोग गरेको हो ।
अफगानी टिमले थुप्रै अवसर पाए पनि त्यसलाई नेपाली खेलाडीले विपल पारेका थिए । अफगानी टिममाथि वर्चस्व राख्दै आएको नेपालले डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा पनि निरन्तरता दिन सफल भएको छ ।
अफगानी राष्ट्रिय टिमसँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो ।
खेलमा अफगानिस्तानले नेपाललाई १-० ले पराजित गरेको थियो । सन् २००६ यता यी दुई टिमबीच ६ खेल भएको छ । त्यसमा नेपालले ३ र अफगानिस्तानले २ खेल जितेको थियो । एक खेल बराबरी टुंगिएको थियो । अफगानी टिम फिफा वरीयतामा नेपालभन्दा २५ स्थानमाथि छ ।
नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले फिफा वरीयतामा आफूभन्दा माथिको अफगानी टिमविरुद्ध सुझबुझका साथ खेलेकाले जित निकाल्न सफल भएका बताए ।
उनले भने, ‘अफगानसँग उत्कृष्ट प्रदर्शन गर्दै विरासत कायम राखेर सकारात्मक नतिजा निकाल्न चाहन्थ्यौं । त्यसमा सफल भएका छौँ ।’
नेपाल यसअघि घरेलु टोली ताजकिस्तानसँग ४-० ले हारेको थियो ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो