फेदीखोलाको बालगृहले पाँच लाख अनुदान पाउने

अनुदान

फेदीखोलाको बालगृहले पाँच लाख अनुदान पाउने

sdo with balgriha

स्याङ्जाको फेदीखोला गाउँपालिका -१ मा रहेको अमोर सेवा नेपालद्वारा संचालित बालगृहले पाँच लाख रुपियाँ अनुदान पाउने भएको छ ।

फेदीखोलाको बालगृहलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले अनुदान उपलब्ध गराउने भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा अनुदान रकम उपलब्ध गराउने गरी सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र बालगृह सञ्चालक तथा अध्यक्ष कमला पराजुलीबीच सम्झौता भएको छ ।

अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बालगृहमा हाल ३७ जना बालबालिका बस्दै आएका छन् भने उनीहरुको लत्ताकपडा, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आएकी छन् । यहाँ रहेका बालबालिका नर्सरीदेखि कक्षा १२ सम्म अध्यानरत छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ