पोखरामा आजदेखि कर सप्ताह सुरु भएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ यो वर्ष कर सप्ताह मनाइँदैछ ।
आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागेको हो ।
आज पहिलो दिन पोखरा सभागृहदेखि आन्तरिक राजश्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गरेर कर सप्ताहको सुरुवात गरियो । सभागृहदेखि सुरु कर सप्ताह आन्तरिक राजशव कार्यालय पोखराको प्रांगणमा पुगेर कार्यक्रमसहित सुरुवात गरिएको हो । प्रभातफेरीमा सहभागीले कर सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए ।
प्रभातफेरी समापन एवं कर सप्ताह कार्यक्रमको सुरुवात गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू तत्पर रहेको बताए ।
उनले आज शनिबार भएकाले भोली कार्यालय सुरु हुनासाथ पहिलो करदातालाई फूलमाला लगाएर सम्मान गरिने बताए ।

कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखेको छ । विभिन्न सञ्चार माध्यम, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य सघं र आन्तरिक राजश्व कार्यालयमा यी कार्यक्रम हुनेछन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ७ मंसिरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने प्रमुख कर अधिकृत शर्माले जानकारी दिए ।
प्रभातफेरी समापन एवं कर सप्ताह सुभारम्भ कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी व्यवसायीहरु कर तिर्न तयार रहेको बताए । उनले कर सप्ताह पछि राज्यले गर्ने व्यवहारमा र व्यवसायीक वातावरणमा फरक पन आउने अपेक्षा प्रकट गरे ।
कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मी लगायतले कर सप्ताहको सफलताको कामना गरेका थिए ।
यस अगाडि बाजागाजासहित सम्पन्न प्रभातफेरीमा व्यसायीका संस्थाहरु पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स कास्की लगातका व्यवसायी संघ संस्थाहरु व्यानरसहित सहभागी थिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो