पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।
कात्तिक २८ गते राति काठमाडौंमा निधन भएपछि उनलाई शनिबार बिहान पोखरा ल्याइको थियो । प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा मौनधारण गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा ओढाइएको छ ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुखले उनलाई राष्ट्रिय झण्डा ओडाए । त्यसअघि नेपाली कांग्रेस प्रदेश समितिका तर्फबाट प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीको झन्डा ओडाए । थकाली सेवा समितिले समेत समाजको झण्डा ओढाएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अगुवा, थकाली सेवा समितिका प्रतिनिधि, आफन्त साथै पत्रकार उपस्थित थिए ।अन्त्येष्टि आजै म्याग्दीको बेनीमा गरिनेछ ।
डेंगुले गालेपछि असहज भएर अस्पताल लगिएकी गौचनको बुधबार राति काठमाडौंको गान्डी हस्पिटलमा निधन भएको थियो ।

गौचन प्रदेश सभामा नेपाली कांग्रेसबाट समानुपातिकका निर्वाचित सदस्य हुन् । प्रदेश सभामा सबै दलका गरी २२ जना महिला सांसद छन् । तीमध्ये एमालेका पद्मा जिसी श्रेष्ठ र सीता सुन्दास प्रत्यक्ष निर्वाचित हुन् ।
गौचन म्याग्दीको बेनी नगरपालिका–८ निवासी हुन् । उनको जन्म भने २०१८ असारमा १८ मा मुस्ताङको कोवाङमा भएको हो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति गौचनका १ छोरा र एक छोरी छन् । पति राम गौचनको २०६४ मा निधन भइसकेको छ ।
राजनीतिसँगै उनी पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । हाल उनले बेनीमा होटेल यती चलाउँदै आएकी थिइन् ।
दसैंअघि भदौ ३ मा मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी परेकी थिइन् । मौसमका कारण हेलिकोप्ट पठाउन सम्भव नभएपछि नेपाली सेनाले स्थलमार्गबाटै उनको उद्धार गरेको थियो । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन् । त्यतिबेला उनको स्वास्थ्य अवस्था राम्रो थियो ।
पछिल्लोपटक लगातार ज्वरो आएपछि उनी म्याग्दीबाट पोखरा आएर काठमाठौं गएकी थिइन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो