काठमाडौँ । नेकपा एमालेका महासविच शंकर पोखरेलले मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न मंसिर ७ गते जागरण सभा आयोजना गरिएको बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले जनता ठूला दलसँग असन्तुष्ट नभएर आशावादी रहेको भन्दै ठूला दलप्रति जर्वजस्त भ्रम सिर्जना भइरहेको बताए ।
‘जनता ठुला दलसँग नै आशावादी छन्’, पोखरेलले भने, ‘समाजमा अराजकता मच्चाउन जुन प्रकारका नियोजित रुपमा फेक आइडी बनाएर समाजलाई दिग्भ्रमित बनाउने प्रयास भइरहेको छ त्यो गलत हो भन्ने स्थापित गर्न जरुरी छ ।’
उनले अराजकताविरुद्ध जागरूक बनाउने काम राजनीतिक पार्टीको काम मात्र नभएर सञ्चारमाध्यमको समेत दायित्व हो भन्ने बुझ्नुपर्ने बताए ।
सभा तयारीका लागि बुधबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बसेको छ।
बैठकले मंसिर ७ गतेको जागरण सभालाई व्यवस्थित गर्नको लागि बागमती प्रदेशको इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ।
समितिको सहसंयोजक कैलाश ढुंगेल र सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल, जनक चौधरी रहेका छन्।
जागरण सभा संयोजन समितिको बुधबार बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जनाएको छ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।
जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्देश्य लिएको पनि भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो