रविलाई पोखरा ल्याइयो, जिप्रका बाहिर प्रदर्शन गर्ने ७ जना रास्वपा कार्यकर्ता पक्राउ

रविलाई पोखरा ल्याइयो, जिप्रका बाहिर प्रदर्शन गर्ने ७ जना रास्वपा कार्यकर्ता पक्राउ

rabi pkr

पोखरा । अनुसन्धानका लागि बुटवल लगिएका रवि लामिछानेलाई आज पोखरा ल्याइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार रूपन्देही लगिएको थियो । बिहीबार उनको बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।

कास्की प्रहरी कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरी कार्यालय लैजाने बेलामा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका हुन् ।

निषेधित क्षेत्रमा नाराबाजी गर्न लागेएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले बताएकाे छ । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौंथो पटक कास्की अदालतबाट म्याद थप भएको छ । अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राख्न अनुमित दिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds