काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा सडेको अवस्थामा एकै परिवारका तीन जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार भेटिएको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रारम्भिक जाँचबाट देखिएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।
उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र शव भेटिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय १६ कात्तिकदेखि श्रीमान् घरबाट बाहिरै रहेको र फर्किएर आउँदा घरको बाहिरपट्टी नै ताला लागेको देखेपछि आफू बाहिरै बसेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार, तालाभित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने किमिसको छ ।
घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको देखिएको छ ।
अहिलेसम्म हेर्दा निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा शवको मुचुल्का भइरहेको छ । घटनास्थलमा पुगेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएका चिकित्सकहरुले शव सडिसकेकाले पोष्टमार्टम गर्न समेत कठिनाइ हुनसक्ने बताएका छन् ।
अहिले सीताका श्रीमान् कान्छा प्रहरी नियन्त्रणमा छन् । यद्यपि, अहिलेसम्मको जाँचले घटना भवितव्य जस्तो देखिएको अधिकृतहरुको भनाइ छ । दुवै जनाले एकअर्कासँग दोस्रो विवाह गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले यो घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो