जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते

जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते

jeep acc.

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बकजेबलामा दुर्घटना भएको प्रहरी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, शैल्यशिखर नगरपालिका–५ लेकका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल र बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा छन्।

६ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। घाइते सबैको अवस्था गम्भीर रहेको तथा उनीहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ । मालिकार्जुन–३ मडमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ