पोखरा महानगरपालिकामा कर्मचारी व्यवस्थापनको विषयले माहोल तातिरहेका बेला एमालेका जनप्रतिनिधिले विशेष नगरसभाको माग गरेका छन् ।
पोखरा महानगर वडा नम्बर १७ की वडाध्यक्ष एवं महानगरमा एमाले दल नेता राधिका शाही योगीले मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभाको माग गरेकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ को उपदफा (३) ले गरेको व्यवस्था एवम् पोखरा महानगरपालिकाको नगर सभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद २ दफा (३) को उपदफा (३) को व्यवस्थानुसार पोखरा महानगरपालिकाको संस्थागत सुशासन र विधिको शासन कायम गर्न वान्छनीय भएको र तत्काल पोखरा महानगरपालिकाको नगर सभा सञ्चालनमा नरहेकोले एमालेले नगरसभा मागेको हो ।
विशेष नगर सभाका प्रस्तावहरु
१. पोखरा महानगरपालिकाको ४३ औं नगर कार्यपालिकाको मिति २०७७/०८/०४ गतेकों सि नं. ८ अनुसारको दरबन्दी संरचना र पोखरा महानगरपालिकाको १४ औ नगर सभाबाट पारित निर्णय नं ५ अनुसारको दरबन्दी संरचना (अनुसूची ६) लाई महानगरपालिकाको स्थायी दरबन्दी कायम हुने गरी स्वीकृत गर्ने साथै यस महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ORGANIZATION AND MANAGEMENT SURVEY) समिति गठन गरी पूर्ण प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने र उक्त प्रतिवेदन वमोजिम स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार/ ज्यालादारीमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरुको करार सम्झौता नवीकरण गर्ने
२. पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को दफा ११ र १२ विपरित सञ्चालन भएको ३७ औं नगर कार्यपालिकाको बैठकका निर्णयहरु खारेज गर्ने
३. पोखरा महानगरपालिकाको २५ औ नगर कार्यपालिकाको बैठकको कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यन्वयन गर्ने एवम् महानगरपालिकाको स्वीकृत दरबन्दी संरचनामा नपरेका कर्मचारीलाई निजहरुको पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने
४. साविक स्थानीय निकाय र हाल स्थानीय तहमा अन्यत्र पालिकामा स्थायी नियुक्ति भई यस पोखरा महानगरपालिकामा कामकाज/सरुवा भई आएका कर्मचारीहरुको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको दायित्व यस महानगरपालिकाले नलिने
५. महानगरपालिकाको वित्तीय सुशासन कायम गर्ने सम्बन्धमा :
क. पोखरा महानगरपालिकाको राजश्व बक्यौता असुली कार्ययोजना बनाई आगामी नगर सभामा पेश गरी कार्यान्वयन गर्ने सम्बन्धमा
ख. १५ औ नगरसभाको निर्णय अनुसार मणीपालको राजस्व छुट सम्बंधामा गठित समितीको प्रतिबेदन सार्वजनिक गर्नुपर्ने सम्बन्धमा
ग. फोहोरमैला प्रशोधनकेन्द्र को हालसम्मको प्रगती प्रतिबेदन प्रस्तुत गरी छलफल गर्नुपर्ने सम्बन्धमा
६. पोखरा महानगरपालिकाका तपशिल बमोजिमका आयोजनालाई महानगरपालिकाका गौरवका अत्यावश्यकीय आयोजनाका रुपमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने
तपशिल
क. पोखरा सभागृह भवन निर्माण गर्ने
ख. महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने
ग. पोखरा बसपार्क निर्माण गर्ने
घ. फेवातालको मापदण्ड कार्यान्वयन गर्ने
ङ. फोहोरमैला व्यवस्थापनको लागी अत्याधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने
सम्बन्धित खबर
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी