शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।
हिमाल आरोहणबापत रु ६ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उनले बताए ।
निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उनले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको बताए ।
विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।
अमादब्लम १४ आरोही समूहका एक सय ५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका एक सय २४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।रासस
सम्बन्धित खबर
ल्हासा–पोखरा नियमित उडान सुरू: हिमालय एयरलाइन्स १०७ यात्रु लिएर पोखरा आयो
पर्वतीय सङ्ग्रहालयलाई पोखरा भ्रमणको मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड
“जाउँ है पोखरा” अभियानको अन्तरक्रिया बर्दिबासमा
कोशी प्रदेशमा पोखराको पर्यटन प्रवर्द्धन
चैत तेस्रो सातादेखि पोखराबाट ल्हासामा नियमित उडान हुँदै
आपसी सहकार्यमा जनकपुर र पोखराका व्यवसायीको जोड
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई