पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि रुपन्देहीमै राखिएको छ ।
आज पोखरा ल्याउने तयारी भए पनि ढिलो हुने भएपछि शुक्रबार बिहान मात्रै पोखरा ल्याइने भएको हो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको थियो ।
मंगलबार दिउँसो १ बजेदेखि शुरु भएको बयान आज साँझ मात्रै सकिएको हो । लामिछानेलाई आज राति ८ बजे बुद्ध एयरमार्फत पोखरा फर्काउने तयारी थियो । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराब भएका कारण उठान ढिलो भएको थियो ।
अन्ततः लामिछानेलाई शुक्रबार बिहानै पोखरा ल्याउने गरी आजका लागि रुपन्देहीमै राखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
लामिछानेलाई रुपन्देहीमा ५० भन्दा बढी प्रश्न
रास्वपा सभापति लामिछानेसँग बुधबार ५० भन्दा बढी प्रश्नमा सवाल–जवाफ गरिएको हो ।
भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितलगायत ६ जना प्रहरी अनुसन्धान अधिकारीहरूले उनको बयान लिएका हुन् । बिहान १० बजेपछि सुरू बयान साँझ ७ बजेसम्म चलेको थियो ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुद्ध एयरको विमानमार्फत मंगलबार मध्यान्ह रुपन्देही लगिएको थियो । उनलाई मंगलबार नै बयान सकेर पोखरा फर्काउने जिल्ला प्रहरी कार्यालयको तयारीबीच रुपन्देहीमा बयान नसकिएकाले लामिछाने रुपन्देही प्रहरीको हिरासतमै छन् । मंगलबार पहिलो दिनको बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रया दिएका थिए । लामिछानेले सञ्चारकर्मी देख्नासाथ बोल्नसक्ने भएकाले बुधबार दोस्रो दिनको बयानका लागि लैजानेक्रममा प्रहरीले घेरा हालेर प्रवेश गराइएको थियो ।
लामिछानेले सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् । आफू सदस्य नै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको प्रहरी स्रोतले जनायो ।
यसैबीच, लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्तादेखि प्रदर्शन जारी राखे ।
बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।
सहकारी ठगीलगायत मुद्दामा २६ दिनदेखि अनुसन्धानका लागि लामिछाने प्रहरी हिरासतमा छन् । गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा सुरुआतदेखि नै कास्की प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई चारपल्ट अदालत उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय गत २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ । यसरी आगामी ७ मंसिरसम्म उनी कास्की प्रहरी हिरासतमै रहने छन् ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला