पोखरा । हृदयघातका कारण निधन भएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई गण्डकी प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जली दिइने भएको छ ।
छोरा अमेरिका भएकाले उनी फर्केपछि मंसिर २ गते, आइतबार बेनीस्थित कालीगण्डकी किनारमा अन्त्येष्टि गरिने छ ।
त्यसअघि आइतबार बिहान साढे ८ बजे काठमाडौंदेखि हेलिकोप्टरमार्फत उनको पार्थीव शरीर ल्याई प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने प्रदेशसभा सचिव हरिराज पोखरेलले बताए ।
डेंगु उपचारका क्रममा रहेकी सांसद गौचनको बिहीबार राति साढे १२ बजे काठमाडौंको ग्राण्ड हस्पिटलमा निधन भएको थियो । गत २०७९ सालको प्रदेशसभा चुनावमा नेपाली कांग्रेस म्याग्दीबाट समानुपातिक सांसद निर्वाचित गौचन ६३ वर्षकी थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरादेखि उपचारका लागि ग्राण्डी लगिएको थियो । उनलाई ५ दिनअघि डेंगु पुष्टि भएको थियो । तर, गएराति एक्कासि हृदयघात भएको चिकित्सकले जनाएका छन् ।
उनका एक छोरा रोशन र एक छोरी अनुषा छन् ।
गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद तथा पार्टीको गण्डकी प्रदेश सदस्यसमेत हुन् । नेपाल महिला संघ म्याग्दीका सभापति रहेकी उनी गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति सदस्यसमेत हुन् ।
सामाजिक अभियन्ताका रुपमा परिचित गौचन भारतको डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी थिइन् ।
भारतीय संविधान निर्माता डा. अम्बेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट नेत्री गौचन सम्मानित भएकी हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील गौचनले एकल महिला समूह म्याग्दीको अध्यक्ष भएर लामो समय सामाजिक क्षेत्रमा काम गरेकी थिइन् ।
उनी सहकारी अभियान्ता थिइन् भने बेनीको कालिपुलमा गौचन गेष्ट हाउस (होटल यती) सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो