स्याङ्जाको पुतलीबजार नगरपालिका -१४ लामागे स्थित पाणिनी संस्कृत गुरुकुल आश्रमका बटुक (विद्यार्थी)लाई लायन्स क्लब स्याङ्जा पुतलीबजारले पोशाक एवं स्टेसनरी सामान वितरण गरेको छ ।
एक कार्यक्रमका बीचमा जिएसटी संयोजक डोल राज शर्मा (कृष्ण रेग्मी)ले आफ्ना छोराहरू विक्रम र विमल रेग्मीको जन्मोत्सवको अवसरमा आश्रमका २१ जना बटुकलाई पोशाक एवं स्टेसनरी सामान वितरण गरेका हुन् ।
धर्म, संस्कृति, रितिरिवाज भावी पुस्तालाई हस्तान्तरण गर्न नसकिने होकी भन्ने आशंका उब्जेको अवस्थामा गुरुकुलले प्रशंसायोग्य काम गर्दै आएको कुरामा डिपार्टमेन्ट हेड एवं क्लबका चार्टर्ड प्रेसिडेन्ट श्री गुरुङले जोड दिएका थिए ।
कार्यक्रममा गुरुङले लायन्सद्वारा गरिएको सहयोगी कर्मको प्रशंसा गर्दै सामाजिक दायित्व बहनका साथ समाज परिवर्तनमा सबैले हातोमालो गर्न आह्वान समेत गरेका थिए ।
सम्बन्धित खबर
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
देउसी भैलोबाट उठेको रकम ढाडका बिरामी परियारलाई सहयोग
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते