मोरङबाट पोखरा आउने क्रममा एक किशोर बर्दिबासबाट बेपत्ता भएका छन्। पथरीका मनिष भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन छन्।
उनलाई अन्तिम पटक महोत्तरीस्थित एक होटलको नजिक देखिएकाले त्यही लोकेशन लाई आधार बनाएर खोजी कार्यलाई अघि बढाइएको परिवारले जानकारी दिएको छ ।
‘यो मोबाइल उनी स्वयंले बोकेको हो वा कसैले फेला पारी त्यहाँ लगेको हो भन्ने कुरा अझै प्रष्ट छैन’, उनका दाइ अनिषले भने ।
अनिषका अनुसार आइतबार बेलुकीबाट हराएका मनिषको मोबाइल भोलिपल्ट सोमबार बिहान ७:१७ मा बर्दिबासको होटल नमो बुद्ध प्रा. लि. को आसपासमा अन्तिम पटक लोकेट भएको थियो।
काकडभिट्टाबाट आएको उक्त बस खाना खानका लागि कञ्चनरूप स्थित एक होटलमा रोकिएको थियो । बस रोकिएको ४ मिनेटपछि बेलुका ८:४९ बजे होटलमा प्रवेश गरेको देखिएको तर केही समयपछि उनी होटलबाट बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ’, दाइ अनिषले भने।
परिवार र प्रहरीले खोजी गरिरहेका छन्। खोजी कार्यमा संलग्न सबैले उपलब्ध जानकारीलाई ध्यानमा राख्दै सम्भावित सबै ठाउँमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।
‘यदि कसैसँग मनिषको बारेमा जानकारी भएमा परिवारको सम्पर्क नम्बरहरू ९८२७१५०८८९ र ९८४६०६९९६६ मा वा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौं’, परिवारले भनेको छ।
१७ वर्षका मनिष पोखरामा पढ्दै आएका छन् । उनी पढाईमा अब्बल विद्यार्थी हुन् । यसअघि पनि मनिष एक्लै मोरङबाट पोखरा आउने गरेका थिए ।
उनको फोनबाट आमा, दाइ र मामाबाहेक अरुसँग कुरा नभएको देखिएको र वेपत्ता हुनुपर्ने कुनै कारण नभएकाले परिवारले अपहरणको आशंका गरेको छ ।
यद्यपी, हालसम्म कसैबाट फिरौति माग नभएकाले पैसाका लागि अपहरण भएको मान्न नसकिने परिवार बताउँछन् । भारतीय सीमा नजिकै भएकाले मानव तस्करले अपहरण गरेको शंका परिवारले गरेको छ । प्रहरीले यस कोणबाट पनि अनुसन्धान अघि बढाएको बताइन्छ ।
सम्बन्धित खबर
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
आशिका तामाङ किन पक्राउ परिन्?
रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत बाट पनि ६० लाख धरौटीमा छाड्न आदेश
रवि आइतबार मात्र काठमाडौं अदालत उपस्थित हुने, पोखराबाट सडकमार्गबाटै काठमाडौं
यौनकर्मी महिलालाई शारीरिक सम्पर्कपछि चक्कु प्रहार गर्ने युवक पक्राउ
चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी