तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ

तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ

kauda

सांकेतिक तस्बिर

तनहुँ । तनहुँमा जुवा (कौडा) खेलिरहेका १३ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ थान कौडा र ६ लाख ४३ हजार १९० रूपैयाँ नगद समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराति करिब १२ बजेको समयमा शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित मानबहादुर घलेको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६९ वर्षीय यामबहादुर शाही भन्ने यामबहादुर आले, ६३ वर्षीय भीमबहादुर थापा, ३५ वर्षीय प्रकाश जुवार्चन, ३८ वर्षीय रेमण राना, ३५ वर्षीय दिल कृष्ण आले र ३० वर्षीय विकाश श्रेष्ठ रहेका छन् ।

यस्तै, ५४ वर्षीय किसान आले, ३४ वर्षीय सुदीप परियार, ३१ वर्षीय विनोद थापा, ४२ वर्षीय मोहन मगर, ३९ वर्षीय टिकाराम रिमाल, ४१ वर्षीय दीलिप गुरुङ र ५० वर्षीय मानबहादुर घले पनि पक्राउ परेका छन् ।

खालबाट १६ थान कौडा बरामद भएको छ। उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ