काठमाडौंँ । झाक्री प्रकाश भुजेल सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।
घाइतेमध्ये मोटसाइकल चालक कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । नगरकोटीकी श्रीमती पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटससाईकलको पछाडी सवार थिइन् ।
भुजेलले बुधबार दिउँसो नै प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेका छन् । उनलाई अहिले प्रहरी वृत्त बौद्धको नियन्त्रणमा रहेका छन् ।
सम्बन्धित खबर
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते