पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा पर्यटकमाथि ज्यादती र हैरानी हुने गरेको गुनासो आउन थालेको छ । साथै लेकसाइड भित्रिने राष्ट्रबैंकचोक, फिस्टेल गेट, बाराहीचोक, हल्लनचोकदेखि जरेबरसम्म मुख्य पर्यटकीय क्षेत्रभित्र मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले पर्यटकमाथि दुव्र्यवहार गर्ने र अपशब्द बोल्ने जस्ता गतिविधि गरेको बताइएको छ ।
होटल संघ पोखरा नेपाल र होटल प्रतिनिधि समाज पोखराले संयुक्त विज्ञप्ति प्रकाशित गरी लेकसाइड वरपर विगत केही समययता पर्यटकमाथि ज्यादती, हैरानी हुन गएको भन्दै व्यापक जनगुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी र समाजका अध्यक्ष माधव लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरि लेकसाइड भित्रिने राष्ट्रबैंकचोक, फिस्टेल गेट, बाराहीचोक, हल्लनचोकदेखि जरेबरसम्म मुख्य पर्यटकीय क्षेत्रभित्र मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले पर्यटकमाथि दुव्र्यवहार गर्ने र अपशब्द बोल्ने जस्ता गतिविधि गरेको पाइएको छ ।’
‘साथै अस्वस्थ प्रतिस्पर्धा गर्ने मनसायले गल्लीगल्लीमा बसी, सस्तो दरभाउमा आगन्तुक तान्ने, मोलमोलाई गर्ने, अमर्यादित क्रियाकलापका साथै यौनजन्य गतिविधिमा समेत उक्साउने र बाध्य गराउने गरेको पनि पाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘यी र यस्ता गतिविधिले समग्र पर्यटन क्षेत्रलाई बद्नाम गराउने हाम्रो निष्कर्ष छ, अबका दिनमा यी र यस्ता गतिविधि रोक्न हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
अबका दिनमा पनि यस्ता गतिविधि नरोकिए वा पर्यटकमाथि धरपटक र ज्यादती भइरहेमा हामी कानूनी प्रक्रियामा जान बाध्य हुने दुवै संस्थाले चेतावनी दिएको छ ।
साथै अबका दिन यस्ता गतिविधि कहीँ कतै भएको पाइएमा तत्कालै जिल्ला प्रशासन कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पर्यटक प्रहरी कार्यालय पोखरामा खबर गरिदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘पर्यटकमाथि हुने यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयका साथै सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
विज्ञप्ति

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो