मर्दी हिमाल चढ्ने क्रममा लडेर मृत्यु भएका पर्यटक गाइडको शव फेला

मर्दी हिमाल चढ्ने क्रममा लडेर मृत्यु भएका पर्यटक गाइडको शव फेला

mardi himal

पोखरा । मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइडको शव फेला परेको छ ।

६२ वर्षीय लालबहादुर तामाङको शव मर्दी हिमालको करिब ५ हजार ४ सय मिटरको उचाईमा भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।

शवको खोजीका लागि नर्वेका नागरिकसहित ३ जनाको टोली काठमाडौंबाट हेलिकप्टरमा परिचालन भएका थिए । प्रतिकुल मौसम र भौगोलिक कारण तामाङको शव निकाल्न कठिनाई देखिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

तामाङको शव निकाल्न सके आज हाइक्यापमा राखेर भोलि मात्र पोखरा ल्याइने उनले बताए ।

नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने गाइड बनेर कात्तिक २३ गते गएका तामाङको आरोहणकै क्रममा लडेर कात्तिक २५ गते शनिबार मृत्यु भएको थियाे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ