पोखरा । गण्डकी प्रदेशमा पनि सरकार सञ्चालनका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक संयन्त्र निर्माण भएको छ ।
मंगलबार कांग्रेसको गण्डकी प्रदेश कार्यालयमा बसेको बैठकले सभापति शुक्रराज शर्माको संयोजनमा समिति बनाउँदै ७ बुँदे निर्णय गरेको हो ।
संयन्त्रमा कांग्रेस र एमालेका तर्फबाट ३/३ जना रहने छन् । संयन्त्रको संयोजन आलोपालो गर्ने र बैठक व्यवस्थापन गर्नेले नै अध्यक्षता गर्ने निर्णय भएको छ ।
कांग्रेसका तर्फबाट प्रदेश सभापति शर्मा, कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेश समितिका महामन्त्री विष्णु लामिछाने छन् ।
एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, संसदीय दलका नेता खगराज अधिकारी र गण्डकी कमिटी अध्यक्ष नवराज शर्मा छन् ।
बैठकले गण्डकी प्रदेशभित्रका सबै जिल्लामा केन्द्रको निर्देशन अनुसार संयन्त्र निर्माण गरी काम गर्न निर्देशन दिने निर्णय गरेको किरण गुरुङले जानकारी दिए ।

दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जनसमक्ष पुर्याउन र संयुक्त सरकारले गरेका काम तथा योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको समीक्षा गर्दै सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने काम संयन्त्रले गर्ने छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच स्थानीय तहमा कतै विवाद भए दुई दल बसी तत्काल समस्याको समाधान गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
अराजनीतिक गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षलाई अपिल गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशका विकास निर्माणका कामका विषयमा दुई दलीय साझा धारणासहित अगाडि बढ्ने निर्णय बैठकले गरेको छ । आगामी बैठक नेकपा एमालेको संयोजनमा गण्डकी प्रदेश कार्यालयमा हुने भएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो