नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नि : शुल्क शिविर

नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Health-Camp

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर -१३ मा नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आगामी मङ्सिर ८ र ९ गते पुतलीबजार नगरपालिका वडा नम्बर -१३ स्थित सातुपसल स्वास्थ्य चौकीमा नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नेपाल शिक्षा, वातावरण र स्वास्थ्य संस्था (NEEM)का अध्यक्ष शंकर गैह्रेले जानकारी दिए ।

नेपाली विशेषज्ञ चिकित्सक टोलीको रोहबरमा विदेशी स्वयंसेवक टोलीको साथमा आयोजित शिविरबाट सेवा, सुविधाको लाभ तथा फाइदा लिन पुतलीबजार नगरपालिका -१३ का वडा अध्यक्ष जुद्ध बहादुर थापा (मगर)ले आग्रह गरे ।

शिविरमा सामान्य चिकित्सा (उच्च रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी, ग्यास्ट्रीक आदि), दन्त रोग, नाक, कान, घाँटी, छाला रोग, नशा तथा हड्डी सम्बन्धी रोग, स्त्रीरोग, अन्य सरुवा रोहहरु, रगत पिशावको परिक्षण तथा नि : शुल्क औषधि वितरण समेत गरिने संस्थाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds