प्रमिला तझ्याको नेतृत्वमा महिला आधार सहकारी

नयाँ नेतृत्व

प्रमिला तझ्याको नेतृत्वमा महिला आधार सहकारी

pramila tajhya

पोखरा । महिला आधार बचत तथा ऋण सहकारीको अधिवेशनले प्रमिला तझ्याको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ ।

सहकारीको १३ औं साधारणसभा तथा ६ औं अधिवेशनबाट समितिको उपाध्यक्षमा चन्द्रा शर्मा तिवारी, सचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष विन्दु केसी महत र सहसचिवमा ईश्वरी चापागाईं निर्वाचित भएका छन् ।

सञ्चालक समिति सदस्यमा सीता तामाङ, सरला ढुंगाना, चन्द्र सुवेदी बराल, शान्ति बास्तोला बराल, ऋषिदेवी सिग्देल र सुशीला तिवारी छन् । शिक्षा उपसमिति संयोजकमा शान्ति अधिकारी र सदस्यद्वयमा देवी थापा र सुशीला पौड्यालले जिम्मेवारी पाएका छन् ।

सिर्जना अधिकारीको संयोजकत्वमा बनेको लेखा समितिका सदस्यमा हरिदेवी बराल र प्रभा बराल छन् । सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै सेयर सदस्यहरुको हितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष तझ्याले बताइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ