पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ ।
खराब मौसमका कारण बिहान भिजिविलिटी नहुँदा करिब ४ घण्टासम्म पोखरा विमानस्थलमै उनी अड्किएका थिए ।
बुद्ध एयरको बिहान ७ बजेर ४५ मिनेटको उडानमार्फत् जानुपर्नेमा उडान भने १२ बजेमात्र भयो । निर्धारित समयको उडानका लागि रविलाई बिहानै पोखरा विमानस्थल पुर्याएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।
रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले पनि भैरहवामै प्रदर्शनको तयारी गरिरहेका छन् ।
संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।
पोखरामा प्रधानकार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।
उनलाई चारपल्ट अदालत उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय गत २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ । अब कम्तिमा आगामी ७ मंसिरसम्म उनी कास्की प्रहरी हिरासतमै रहनेछन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो