सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् ।
बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा लगिएका उनीसँग सरकारी वकिलले बयान लिएका छन् ।
बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ ।
उनले सरकारी वकिलको कार्यालयको बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर छोटो टिप्पणी गर्न भ्याए । लामिछानेले प्रहरी नियन्त्रणमा हुँदाहुँदै दोस्रोपटक प्रतिक्रिया दिएका हुन्।
सरकारी वकिलसँग बयानपछि बार्दलीबाट भ्यानतर्फ झार्ने क्रममा उनलाई समर्थकहरूले ‘रवि दाइ डन्ट ओरी’ भन्दै हौसला दिए। रविले पनि बार्दलीबाट थम्स अप गर्न भ्याए ।
त्यसपछि उनले बार्दलीबाट झर्नै लाग्दा दबिएको स्वरमा भने, ‘खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन ।’ रविले बोल्न भ्याएपछि अत्तालिएका प्रहरी अधिकारीले उनलाई तत्कालै ठेल्दै भ्यानतिर लिएर गए । यसअघि पोखरामा पनि उनले अदालत परिसरमा बोल्दा विवाद भएको थियो।
लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो