पोखराबाट भैरहवा जहाज उड्न ढिलाइ भएको छ । खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन ।
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुटवल लैजाने तयारी भए पनि जहाज उड्न ढिलाइ भएको हो ।
विमानस्थलकारअनुसार भिजिबिलिटी नहुँदा जहाज उड्न सकेको छैन । ‘उहाँ (रवि लामिछाने)सहित यात्रुहरूलाई जहाजभित्र राखिसकिएको छ,’ विमानस्थलले भन्यो, ‘भिजिबिलिटी नहुँदा जहाज उड्न सकेको छैन ।’
काठमाडौँबाट भैरहवा उडेको विमान पनि पोखरामा अवतरण
काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान समेत खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ ।
९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।
सम्बन्धित खबर
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
रेडियो नेपाल गण्डकी प्रादेशिक प्रमुख गुरुङद्वारा पदभार ग्रहण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते