विश्व मधुमेह दिवसमा निःशुल्क जाँच

निःशुल्क जाँच

विश्व मधुमेह दिवसमा निःशुल्क जाँच

पोखरा न्यूरोडको मधुमेह थाइराइड उपचार केन्द्रमा बिहानदेखि बेलुकीसम्मै सेवा

466375596_101625

पोखरा । विश्वव्यापी स्वास्थ्य सशक्तिकरण नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस १४ नोभेम्वरमा विश्वभर मनाइँदैछ ।

यस अवसरमा पोखराको न्यूरोडमा रहेको मधुमेह थाइराइड उपचार केन्द्र पोखरा प्रा.लि.मा निःशुल्क स्वास्थ्य जाँच गरिँदैछ ।

कार्यक्रम संयोजक प्रा.डा. तीर्थलाल उपाध्यायका अनुसार यही कार्तिक २७, २८ र २९ गते उपचार केन्द्र पोखरा प्रा.लि.को प्राङ्गणमा बिहान साढे ६ बजेदेखि बेलुकी साढे ६ बजेसम्म ३ दिन निःशुल्क जाँच सुरु भएको छ ।

सुगर फास्टिङ, सुगर पीपी, ¥याण्डम सुगर निःशुल्क जाँच हुनेछ । एचबीए१सी मा ३० प्रतिशत छुट तथा मधुमेह बिरामीलाई परामर्श गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ