बाख्रा चोरेको भन्दै कुटिएका एक जना सुचना अभियन्ताको कैलालीमा मृत्यु भएको छ।
बाख्रा चोरेको भन्दै गाउँलेको कुटाइ खाएका सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य सुरेश भुलको कलाली सदरमुकाम धनागढ़ीस्थित नि:सर्ग अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कबिन्द्र बोहराका अनुसार , जिल्लाको गौरीगंगा नगरपालिका–११ कान्तिपुर घर भएका ३० वर्षीय भुललाई बाख्रा चोरी गरेको भन्दै शनिबार राति कुटपिट भएको थियो। कुटपिटबाट घाइते भुलको सोमबार बिहान नि:सर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।
सिमएसमेत गरेका भूलको आफनै मेडिकल समेत रहेको छ। वडा कार्यालयको सीसीटीभी फुटेज हेर्दा भुलले बाख्राको कान समातेर लगेको देखिएको इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ सई लक्ष्मीदत्त भट्टले जानकारी दिए। भट्टले बाख्रा चोरेको भन्दै गएको कार्तिक २० गते प्रहरीमा निवेदन परेको थियो भने भूललाई बाख्रा चोरी गरेको आरोपमा स्थानीय छिमेकीले नै कुटपिट गरेका थिए।
यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित आठ जनालाई पक्राउ गरेक्जो छ । हालसम्म प्रहरीले सोही प्रकरणमा की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक ३० वर्षीय धर्म विक, देवराज सापकोटा, दिनेश भुल, दिनेश बिकलाई पनि पक्राउ गरेको छ।
शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर एक जम्भो समूहले उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सुरेश भूलको उपचारका क्रममा मृत्यु भए पछि उनको हत्या गरेको आरोपमा गौरीगंगा नगरपालिका–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ गरिएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला