बागलुङ पश्चिमबासीलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच बनाउन गण्डकी प्रदेश सरकार लागिपरेको प्रदेश सरकारले जनाएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार बुर्तिबाङ स्वास्थ्य केन्द्रको निरीक्षण गर्दै बुर्तिवाङमा गण्डकी प्रदेश स्तरीय अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।
पाठकले मंसिर दोश्रो साता उद्घाटन हुने यस अस्पतालबाट सेवा लिएर यहाँका नागरिकले राहतको अनुभूति लिन सक्ने पनि बताए ।

मन्त्री पाठकले भने – ‘यहाँका सांसद सहित स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थितिमा पटक पटक तत्कालीन मुख्य मन्त्री, संघ सरकार, स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराइएको थियो । अब अस्पताल निर्माण र आवश्यक प्रकृया पूरा भइसकेका कारण मंसिरको दोश्रो हप्तासम्म अस्पत्तालको उद्घाटन गरिनेछ ।’
मन्त्री पाठकले आफनो कार्यकालमा सुगममा भन्दा बढि दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्रको विकास र पहुँचका लागि ध्यानकेन्द्रित गरेको बताउँदै आफू डेढ सय बढी महत्वपूर्ण योजना र लक्ष्य निर्धारण गरेर स्वास्थ्य क्षेत्रको सुधारमा अघि बढेको उल्लेख गरे ।

स्वास्थ्यमन्त्री पाठकले बुर्तिबाङमा ५० शैयाको अस्पताल सञ्चालन गर्न भौतिक पूर्वाधार पर्याप्त रहेको बताउँदै यसबर्ष आँपपिपल र बुर्तिबाङ अपस्तालका लागि चालु र पूँजीगत गरी कूल १२ करोड बजेट सुनिश्चत भइसकेको बताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले यस क्षेत्रका नागरिकले स्वास्थ्य क्षेत्रमा निकै सास्ती खेपिरहेको अवस्थामा ढोरपाटन नगरपालिकाले कर्मचारी र आवश्यक बजेट व्यवस्थापन गरेर केही सेवा सुविधा उपलब्ध गराएकोमा अब चाँडै प्रदेश मातहतबाट सञ्चालन हुँदै अब सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका अधिकृत प्रशान्त शर्माले अस्पतालबाट चाँडै सेवाको सुरुवात हुने बताए ।

बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकालले यहाँको वर्तमान अवस्था, आवश्यक पुर्वाधार, जनशक्तिको आवश्यकता र बजेटका सन्दर्भमा धारणा राख्दै मन्त्रीसमक्ष अस्पतालको रिर्पाट प्रस्तुत गरे ।
उनका अनुसार गतबर्ष मात्रै ३५ हजार बढी नागरिकले स्वास्थ्य संस्थाबाट सेवा लिएका थिए । बागलुङका ४ पालिका सहित गुल्मी, रुकुम लगाएतका ठाउँबाट समेत विरामी आउने गरेको उनको भनाई छ ।
बुर्तिबाङ स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रम स्वास्थ्यकर्मी चुडामणी कँडेलले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा
बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते