काठमाडौँ । आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।
आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदासमेत दिएका छन् ।
सम्बन्धित खबर
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
आज चैते दशैँ पर्व मनाइँदै
आज ईद–उल–फित्र पर्व, सार्वजनिक बिदा
वासन्ती नवरात्र सुरु, मिथिला क्षेत्र पर्वमय
तराई–मधेसमा आज होली पर्व मनाइँदै
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर