पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीको बयान लिन सुरु भएको छ ।
इमेज सहकारी ठगी प्रहरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि कास्की ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु भएको हो ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए ।
इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा पनि जोडिएका छन् । सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।
आजै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, अध्यक्ष जीवी राईकाका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाइँलाई पनि अदालतमा उपस्थित गराएर १३ दिन म्याथ थपिएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने