काठमाडौँ – मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री लिला वल्लवभ अधिकारीलाई एमालेले संसदीय दलले प्रष्टिकरण सोधेको छ।
आइतबार उनलाई पक्राउ गर्नुअघि कोशी प्रदेशसभा एमाले संसदीय दलले उनलाई २४ घण्टाभित्र जापानमा तीनलाई लगेर छाड्न लागेको विषयमा प्रष्टिकरण पेश गर्न निर्देशन दिएको हो।
एमाले संसदीय दलका प्रमुख सचेक रेवतरमण भण्डारीले अधिकारीलाई दिउँसो १ बजे २४ घण्टाको समय दिएर प्रष्टिकरण सोधिएको जानकारी दिए।
सोमबार दिउँसो १ बजेसम्म प्रष्टिकरणको जवाफ आउने र चित्तबुझ्दो नभए उनलाई संसदीय दलको सदस्यबाट निलम्बन गर्ने तयारी एमालेले गरेको छ।
उनलाई आइतबार दिउँसो प्रहरीले निवासबाटै पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौँ ल्याएको छ। कोशी प्रदेशसभा नियमावलीअनुसार प्रहरीले नियन्त्रणमा लिएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको प्रमुख सचेतक भण्डारीले जानकारी दिए।
मानव तस्कर गिरोहसँग मिलेर तीन युवालाई जनही १० देखि १३ लाख असुल गरी अधिकारीले जापान लगेको आरोप छ । विमानस्थलमा मानव तस्करी गर्न लागेको खुलेपछि अधिकारीसहित चार जनालाई टोकियो विमानस्थल अध्यागमन कार्यालयले कात्तिक १४ गते डिपोट गरेको थियो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने