मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

current mobile

सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् ।

गए राति अमलेख अमलेख आफ्नै घरको तल्लो तल्लामा रहेको सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। गम्भीर घाईते अमलेखलाई तत्काल उपचारको लागि मंलगवास्थित प्रादेशिक अस्पताल लगेका थिए।

प्रादेशिक अस्पताल मंलगवामा राति नै चिकित्सकहरूले अमलेखलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds