स्याङ्जाको फेदीखोला साहित्य प्रतिष्ठानले फेदीखोला साहित्यिक पत्रिका (त्रैमासिक) पहिलो अङ्कको लोकार्पण गरेको छ ।
बहुप्रतिभाशाली व्यक्ति स्वर्गीय चेतन कार्कीको ८६ औं जन्मजयन्तीमा फेदीखोला गाउँपालिका -१ सिद्धार्थ माविको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि पत्रिका लोकार्पण गरिएको हो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोला साहित्यिक पत्रिकाको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा साहित्यकार चिन्तु गिरि, सुरज उपाध्याय, हुमनाथ शर्मा, लाल कार्की (अन्जान), कमला बराल, सीता सुवेदी, रोशन रेग्मी, थम नारायण शर्मा, बहादुर सिं गुरुङ, हिमालयजङ्ग बानियाँ, काजी कार्की (आशिष)लगायतले कविता तथा लेख रचना प्रस्तुत गरेका थिए ।
फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाँले पहिलोपटक प्रकाशन गरिएको पुस्तकमा ४९ वट कथा, कविता, गजल, मुक्तक र गीत रहेको जानकारी दिए ।
५० वर्ष चलचित्र निर्देशन, लेखन, संवाद, पटकथा, प्राविधिक सल्लाहकार रहेका स्वर्गीय कार्कीको सम्मान स्वरूप फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम हाम्रो फेदीखोला पाठ्यपुस्तकको कक्षा -६ मा जीवनी राखेको छ ।
कार्कीले ‘परिवर्तन’, ‘भुमरी’, ‘विश्वास’, ‘पहिलो प्रेम’ लगायतका चलचित्र निर्देशन गरेका थिए भने ‘कान्छी है कान्छी’, ‘तिजको लहर आयो बरिलै’, ‘मायापिरतीको चोखो कथा’ जस्ता गीत पनि लेखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की