बागलुङको बडिगाडमा श्रीमान श्रीमती मृत फेला

बागलुङको बडिगाडमा श्रीमान श्रीमती मृत फेला

श्रीमान् पोखरामा काम गर्दै आएका थिए

two dead body

बागलुङको बडिगाडमा श्रीमान श्रीमती मृत फेला परेका छन् ।

जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।

बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ । गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको उनको भनाइ छ । अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।

उनले भने, “श्रीमान् पोखरामा काम गर्नुहुँदो रैछ, केही दिन अगाडि आउनुभएको रहेछ, साँझ घरमा सँगै खाना खानुभएको रहेछ, केही खाना बाँकी रहेको देखियो, घटना कसरी भयो, अहिलेसम्म पत्ता लागेको छैन, हामीहरुले अनुसन्धान गरिरहेका छौँ ।” रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ