सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]

दुर्घटना

सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]

satrakilo acc.

पोखरा । मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ आउँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह, गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने ४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी छन् ।

यसैगरी, माइक्रोमा सवार नवलपरासीको विनयत्रिबेणी ४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको पनि मृत्यु भएको छ ।

मृतकका आफन्तले अस्पताल पुगेर शव सनाखत गरेका थिए । माइक्रोमा सवार एक जनाको अवस्था गम्भीर रहेको डिएसपी रिजालले जानकारी दिए।

बस चालक सामान्य घाइते छन् । उनी प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds