पोखरा । देशका केही स्थानमा आज शुक्रबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
This will close in 3 seconds
सम्बन्धित खबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व
आज देशभरको मौसम कस्तो रहन्छ?
आज छठ पर्वको मुख्य दिन, बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
आजको मौसम पूर्वानुमान
डेंगी संक्रमण घट्दै
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना