दोश्रो पटक चार्टर फ्लाइटबाट चिनियाँ खेलाडी पोखरामा

दोश्रो पटक चार्टर फ्लाइटबाट चिनियाँ खेलाडी पोखरामा

_cuva

_cuva

पोखरामा शुक्रबार हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन चिनियाँ खेलाडीहरू दोश्रो पटक चार्टर फ्लाइटबाट पोखरा आइपुगेका छन् ।

चीनको कुनमिङ सहरबाट १३४ पर्यटक लिएर आएको सिचुआन एयरलाइन्सको एयर बस ३१९ चार्टर विमान बिहीबार अपराह्न २ः४० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको २ वर्ष बित्दासमेत व्यवसायिक अन्तर्राष्ट्रिय उडान  नभइरहेको बेला सिचुआन एयरलाइन्सले दोश्रो पटक चार्टर फ्लाइट गरेको हो।

२०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भइसकेका छन्। सिचुआनको यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोश्रो अन्तर्राष्ट्रिय फ्लाइट हो। यसअघि सोही एयरलाइन्सले जनवरी २१, २०२३ मा पोखरामा पहिलो फ्लाइट गरेको थियो।

त्यसअघि हिमालय एयरलाइन्सले जनवरी १, २०२३ मा डेमो फ्लाइट, भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले सेप्टेम्बर ९, २०२३ मा र त्यसपछि नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चीनका दुई वटा कार्गो जहाज, तथा हिमालयन एयरलाइन्सले थप तीन वटा उडान पोखराका लागि गरेको थियो। त्यसपछि भने पोखरामा अन्तर्राष्ट्रिय उडान भएको थिएन।

बिहीबार भने पोखरामा यही कात्तिक २४ गते हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन आउने खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी लिएर सिचुआन एयरलाइन्स आएको हो। चीनबाट आएको सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ः१० बजे काठमाडौंको उडान भरेको थियो। यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो।

पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किदा भने काठमाडौं हुँदै फर्किने बताइएको छ। पोखराबाट काठमाडौंसम्मको यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए।

_cuva

उनले भने,’काठमाडौंसम्म पुग्ने व्यवस्था हामीले गर्नेछौँ, त्यसपछि उहाँहरू आफूखुसी फर्किनुहुनेछ।’ पोखरा बसाइका क्रममा प्रतियोगिता सकिएको भोलिपल्ट अर्थात कात्तिक २५ गते आइतबार भने चिनिया पर्यटकहरूले पोखराको अवलोकन भ्रमण गर्ने कार्य तालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए।

पोखरामा पुनः चार्टर उडान भएपछि पोखरेलीहरू उत्साहित भएका छन्। तर नियमित अन्तर्राष्ट्रिय उडान नभएकोमा भने दुःख व्यक्त गर्छन्। पर्यटन सम्बद्ध संघ संस्थाहरूको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बिहीबारको चार्टर फ्लाइटले पोखरामा अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि गरेको बताए। उनले भने,।।।१३४ यात्रु लिएर आएको जहाज अवतरण भयो।

यसले पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न सम्भव छ भन्ने प्रमाणित ग¥यो । तर नियमित उडान गर्न किन दिइरहेको छैन? प्रश्न उठेको छ।’ पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नदिनु भनेको पोखरा र गण्डकी प्रदेशमाथिको उपेक्षा भएको बताए। ‘बिहीबारको उडानले हामी उत्साहित छौँ तर नियमित नहुँदा उत्तिकै दुःखी पनि छौँ’–उनले थपे।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलेपनि बिहीबारको चार्टर फ्लाइटले आफूहरू उत्साहित बनेको बताए। ‘यसले नियमित फ्लाइट गराउन नैतिक दबाब सिर्जना गर्छ’, उनले भने, ‘नियमित उडान गर्ने हो भने पोखरामा पर्यटक ह्वात्तै बढ्छ। जसले अर्थतन्त्र पनि चलायमान गराउँछ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ