पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै !

पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै !

क्रस कन्ट्री दौडका लागि चिनियाँ खेलाडी लिएर सिचुवान एयरलाइन्सको जहाज आउँदै, रित्तै फर्कँदै

fitst flight pokhara (1)

तस्वीरः सुदर्शन रञ्जीत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज विहीबार पुनः चार्टर फ्लाइट गर्न लागिएको छ ।

पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि चिनियाँ खेलाडी लिएर विहीबार चीनको कुनमिन सहरबाट सिचुवान एयरलाइन्सले पोखरा उडान भर्न लागेको विमानस्थलले जनाएको छ ।

चार्टर विमान पौने ३ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ । उक्त जहाज करिब २ घण्टा पोखरामै बसेर सवा ४ बजे काठमाडौं उड्ने छ । पोखरा आउँदा खेलाडी लिएर आउने जहाज काठमाडौं भने रित्तै फर्किन लागेको हो ।

यसअघि पोखरा विमानस्थलमा ७ वटा चार्टर फ्लाइट भएको छ । झण्डै २६ अर्ब लागतमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म एउटा पनि नियमित व्यावसायिक उडान हुन सकेको छैन ।

विमानस्थल उद्घाटन भएको २ वर्ष पुग्नै लाग्दा हालसम्म चार्टर फ्लाइट मात्रै पोखराबाट भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds