पोखरा । नेकपा एमालेका युवा नेता अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गरेका छन्।
आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।
अधिकारीले अक्षयकोषका लागि नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गरे ।
त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको बताउँदै युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गरे ।अधिकारीले सानो रकमवाट अक्षयकोषको शुरुवात गरेको बताउँदै कोषमा आगामी दिनमा थप सहयोग गरिने बताए ।
विद्याश्रममा ४७ जना आवाशीय रुपमा बस्दै आएको र १ सय ४८ जना अध्ययनरत रहेको प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनाले जानकारी दिए । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टका स्वकिय सचिव समेत रहेका अधिकारीले यस अघि आमाको स्मृतिमा महेन्द्र मावि घार्मीमा पनि अक्षयकोष स्थापना गर्नुका साथै ओमकारेश्वर महादेव मन्दिरमा भेटी वापत उठेको रकम सहयोग गरेका थिए ।
पोखरा १९ घार्मी निवासी अधिकारीको गत असोज ४ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो