रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्ने

रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्ने

rabi samarthak

तस्वीरः सुमन ढुंगाना फेसबुक

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गतेमात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको थियो । पक्राउ परेको दिनदेखि गणना हुने गरी पहिलो पटक ७ दिन म्याद थपिएको थियो ।

दोस्रो पटक थपेको म्याद १५ गते सकिएपछि लामिछानेलाई मंगलबार तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । अदालतले १५ गतेदेखि गणना हुने गरी थप १० दिन म्याद थपको अनुमति दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ