गण्डकी प्रदेश, स्वास्थ्यमन्त्रालयले स्वास्थ्य सुधारका लागि अघि बढाएको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाको विषयमा स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरी साथ सहयोगका लागि भेटेरै अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यमन्त्री पाठकले गण्डकीको स्वास्थ्य क्षेत्र सुधारमा आफूले एक सय नीति बनाएर अघि बढेको बताउदै कार्यान्वयनका लागि संघ सरकारको सहयोग समेत अवाश्यक रहेको उल्लेख गरे ।
स्वास्थमन्त्रीले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती र संभावनाहरुको साथै गण्डकीले अघि सारेको स्वास्थ्य सुधारका एक सय अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाहरु समेत जानकारी गराएका छन् ।
जसमध्ये दीर्घकालिन र मध्यकालिन नीतिमा संघ सरकारको सहयोग आवश्यक रहेको प्रधानमन्त्री समक्ष स्वास्थ्यमन्त्रीले जानकारी गराएको बुझिन्छ ।
तत्काल गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा गर्नेपर्ने महत्वपुर्ण काम प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय संग बजेटको अभाव भएका कारण प्रदेश सरकारले मात्र गर्न नसक्ने बिषयहरु बुँदागत रुपमा प्रधानमन्त्रीज्यु संग प्रस्तुत गरिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले गण्डकीको स्वास्थ्य क्षेत्रको विकासमा चासो दिएको स्वास्थ्यमन्त्री पाठकले खुलाएका छन् ।
ओलीले नीतिमा रहेर काम गर्न आग्रह गर्दै र संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिलाएको पाठकले बताए । १२ बुँदामा रहेको अत्यावश्यक कार्यक्रम र नीतिका लागि संघीय सरकारसंग अपेक्षा राखिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
यस्ता छन् माग गरिएका १२ बुँदा

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने