प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार‚ रगत जाँचमा देखिएन डेंगु

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार‚ रगत जाँचमा देखिएन डेंगु

kp baa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ।

हिजो बेलुकीदेखि ज्वरो आएपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले थाहाखबरलाई जानकारी दिइन्।

डेंगु भएको आशंकामा प्रधानमन्त्री ओलीको रगत परीक्षण गरिए पनि डेंगु भने नदेखिएको उनले बताइन्।

ज्वरोले थलिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित गरेका छन्।

ओली अहिले चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ