पोखरा । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदशर्नमा उत्रिएका कार्यकर्तामाथि पोखरामा मंगलबार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
पोखराको जिरोकिलोमिटरबाट रत्नचोक हुँदै वाइ चोकमा पुगेर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी रक्षात्मक अवस्थामा पुगेको हो । त्यहि बेलामा ४ सेल अश्रुग्याँस प्रहार गरिएको हो । विरोधमा उत्रिएका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । सो क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो ।
रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो । केही अघि एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई १० दिन म्याद थप गरिएको छ ।
रविसँगै पूर्वडीआइजी छविलाल जोशी, लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि १० दिन म्याद थप गरिएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने