पोखरा । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ ।
सूचना आयुक्तहरूमा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो । यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो ।
प्रमुख आयुक्तमा १६ जना र आयुक्तमा २९ जनाको आवेदन परेको थियो । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ ।
सम्बन्धित खबर
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला