अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेको खेलमा अल हिलालले एएफसी च्याम्पियन्स लिगमा सहज जीत हासिल गरेको छ।
सोमबार राति भएको खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३–० ले पराजित गरेको हो।अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक पूरा गरे। उनले खेलको १५, ३३ र ७४औं मिनेटमा गोल गरे।
यस्तै यस खेलमा ब्राजिलियन स्टर नेयमार मैदान फर्किएको साता दिनमै घाइते भएका छन्।
नेयमार खेलको ५८औं मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदान प्रवेश गरेका थिए। तर, घाइते भएपछि ८७औं मिनेटमा मैदानबाट बाहिरिएका हुन्।
नेयमार यसअघि च्याम्पियन लिगमै अल ताइविरुद्ध नेयमारले एक वर्षपछि पुनरागमन गरेका थिए। पुनः सोमबार राति घुँडामा समस्या देखिएपछि नेयमारले विश्राम लिनुपर्ने भएका छ।
यो जीतसँगै अल हिलालले चार खेलमा १२ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ। त्यसैगरी इस्टेगलालको चार खेलमा तीन अंकसहित लिगमा सातौं स्थानमा छ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते